आदिबासी जनजाती महासंघलाई कसरि बुझौ

सबै सपाङ्गहरु मानौ अपाङ्ग भएको सन्तानको अभिभावक झै मिल्दो बिदेस बिभाग महासंघहरू अन्य जातिय संस्थाहरू बाट अन्जानमै भनौ केहि अपहेलित भएकै छन। महासंघको परिभाषा र परिधि नेपाली वर्णमालाको क, ख जस्तै छर्लङ्ग यसलाई यति र उति भनिरहनै पर्दैन।
सन्तानहरू बाटै अपहेलीत अभिभावक अाखिरी अभिभावक त हो नै तर सिंगो असल परिवारको हैसियतबाट गिरेको हुन्छ। जातीय संस्थाहरूको प्रगति र उन्नतिहरू महासंघको लागी ध्रुव सत्य गर्वको बिषय हो भने, महासंघको यत्रो गौरब प्रति किन जातिय संस्थाहरू सगौरब मान्न हिचकिचाउछ,महासंघले यति काम गर्ने छ्यमता राख्छ कि जुन हामीले कल्पनै नगरेको हुनसक्छ। तर त्यो सामार्थ्य देखेका र बुझेका ब्यक्ति,समुह र संस्थाहरूले महासंघलाई अाफु अनुकुलताको भकुन्डो बनाईरहेको छ। र त हरेक अधिवेशनहरूमा महासंघलाई लातै लातको डामले बुट्टा लगाई दिने गर्दछ।
आफ्नै घरलाई अरूले त्यो तिम्रो घर भनेर देखाउदाको भित्री पिडा जब सम्म महसुश गर्न सक्दैनौ र यसलाई सहयोग सम्झिरहन्छौ तब सम्म हामी आदिबासी जनजातीहरू बिदेशमै पनि अन्य क्षेत्रमा कोटा प्रणालीको दरो भागेदारी निरन्तर बनिरहन्छौ। महासंघलाई कसरी बुझौ जातिय संस्थाहरूको चेतना बृहत अभिबृदिको खुकुल्लो दायराले भनौ कि यसरी बुझौ। अनि मात्र महासंघको काल्पनिक संरचना बदल्न ढुक्क होला कि, जातीय संस्थाहरू मातृ संस्थाको रूपमा मात्र बलियो रहने हैसियत काफी अवस्य होइन।
एउटा जातीय संस्थाले अर्को जातीय संस्था प्रति सह साथीत्वको भूमिका निर्वाह गर्नु त छदै छ भने महासंघलाई अभिभावकीय महत्व दर्शाउनु नितान्त कर्तब्य हो। महासंघ सानो सानो कैयौ पूर्जा मिलेर बनेको विशाल यन्त्र जस्तै हो। जसरि यसले धेरै र महत्पूर्ण काम गर्ने क्षमता राख्छ त्यसरी नै यसलाई अति सम्वेदनशील तवरले रेखदेखको आवश्यक्ता पनि परिरहेको हुन्छ।
महासंघमा पाटीय राजनिती हुनुहुन्न भन्ने क्षणिक सर्व सम्मत शब्द्द तिहारमा खेलिने “झिलीमिली झिलीमिली ” जस्तै बनिदिन्छ। मानिस भए पछि कुनै न कुनै राजनैतिक आदर्स बाट प्रेरित भईन्दैन भन्ने होईन तर पाटीकै शिदान्त पो उगेल्नु भएन।सबै पाटीको घोषणा पत्र राम्रो हुन्छ नै तर त्यहि घोषणा पत्रमा आदिवासी जनजातीहरूको हक हितको बारेमा फराकिलो प्रसंशक बन्नुको सट्टा हामी केहि आदिवासी जनजाती अभियान्ताहरू नै भनौ महासंघ प्रति कुनै न कुनै रूपमा असन्तुष्टि राख्ने गर्दछौ।
यो एक ब्यक्तिमा होईन कैयौहरु प्रति समर्पित छ। आखिरी किन असन्तुष्टि ?प्रश्न माथि मेरो सोधाई त्यस्ता साथीहरूलाई ।महासंघको स्वरूपको हेक्का एकातिर राखौ तर एउटा आदीवाशी जनजाती व्यक्ति उसको मजबुद जग हो भन्ने आदर्शताको धूलो झै किन त्यो पनि हेक्का हुन्न र। ठूलाले सानो भूले पनि सानोले ठुलालाई सम्झिरहेको हुन्छौ र त यसरी कुरा पनि उठाईन्छ।
एउटा जातीय संस्थाको कार्यक्रममा अर्को जातीय संस्थाको प्रतिनिधीलाई खादा ओडाई चुप लगाईन्छ नै तर महासंघको उपस्थित प्रतिनिधीलाई समेत कसैको कथा सुन्न बाध्य पारिदा लाग्छ यो आदिवासी जनजातीको भाषा,धर्म र संस्कृति जोगाउन गरिएको कार्यक्रम हो कि,भाषीक पन्चामृतको उदघाटन हो।छुट्याउ नै गाह्रो पर्छ।
यति भन्दै गर्दा लेखक प्रति बितृष्णा जागि नकरात्मक सोच्नु नै भयो भने पनि यथार्त तपाईको भोली सहयात्री बन्ने नै छु।म र हामीको एक बद्दतामा हाम्रो महासंघ सबैको साझा नारा बनाउनु नै पर्छ।अनि मात्र एकै स्वरको लयले सामुहिक सामाजीक विकाशको संगित खोजीरहन्छ।
महासंघ र आबद्द जातीय मातृ संस्थाहरू बिचको सम्बन्ध आदेशीत अदालतीय नभई पारस्परिक सह-अस्तित्वको हुनुपर्छ।यसो भयो भने सम्बन्धको आयु लम्बिएर चलि रहन्छ।सच्चिनु थोरै मात्र बाँकी छ अडकिने कुरै छैन।
एकल स्वार्थिय नभई साझा स्वार्थको प्रतिष्पर्धामा महासंघको धरातलमा उत्रौ सबैको जय जय भएरै छोड्नेछ। हामी भित्रै ब्यक्तिको एकल चाहानाले महासंघमा हाबी हुन खोज्छौ यो हजारौ पटक भन्दा पनि गल्ति नै हुन्छ। घर चडेर महाराज भईन्न बरू बौदिक्ताले खारिएको महाराजले सबै प्रजाको भलो चिताई विश्व ईतिहासको असल महाराजा कहलिएको वास्तविक्त्ता छ नै तर समाजमा यस्तो निरर्थक रहन्छ।
कुनै पनि कुरा दबाब र रहरले सिमित चल्छ।सामाजीक संस्था जस्तो संरचनामा त यस्तो प्रवृदिले झन भुईमा लतारेरै छोड्छ। आदिवासी जनजातीहरूको हक,हितको बारेमा दिलो ज्यान लागी पर्न अटल रहने महासंघ सन्चालक कार्य समिति खेल ठट्टा पाराले कहि कतै पनि मनोनित गर्नु दुदैन यो सक्कल सब्द हो।यदि त्यस्तो भयो भने,उसको क्षणिक खुसिको उल्लासले फोरेको हुइस्किको बोतल रितिए झै सिंगो संस्थालाई नै रित्याई दिन्छ। तसर्थ सबैको भलो चिताई उपयुक्त्त तवरले आज,भोली होईन बर्षौ-बर्ष पछि सम्म हेरेर काम गर्ने अठोटका साथ आट गरौ। जय महासंघ।

तपाईको प्रतिक्रिया