पोर्चुगलको राजधानी लिस्बोनमा नेपाली कथानक चलचित्र “गुडबाई काठमान्डौ” प्रर्दशन हुदै।

काठमान्डौ तथा मेन्छ्यायम पिक्चरको संयुक्त्त ब्यानरमा निर्मित नेपाली दर्शकहरू माझ मन जित्न सफल नेपाली कथानक चलचित्र गुडबाई काठमान्डौ यहि आउदो मार्च १० तारिक पोर्चुगलको राजधानी लिस्बोनको avenida 5 de outubro 42 मा प्रर्दशन हुदैछ।अमर शर्मा,मंगल बज्रचार्य,रबिन गुरूड०गको मुख्य भूमिका रहेको उक्त्त चलचित्रलाई निर्देसन भने नविन सुब्बाले गर्नु भएको छ। पोर्चुगलमा बसोबास गरिरहनु भएका आम नेपाली चलचित्र क्षेत्रलाई मायाँ गर्नुहुने दर्शकहरूले भरपुर मनोरन्जन लिनुका साथै समाजको यतार्थ पनलाई सक्कल झै पर्दामा देख्न सक्नुहुने छ।
सुब्बाद्दवारा निर्देसित खाड०ग्री,नुमाफुंग,गुडबाई काठमान्डौ जस्ता चलचित्रले पहिलो पल्ट नेपालको प्रतिनिधित्व गर्दै अन्तरास्ट्रिय फिल्म फेष्टिबलको नोमिनेशनमा पर्न सफल भई धेरै वटा बिधाहरूबाट पुरस्कार प्राप्त गर्न सफल चलचित्रहरू हुन। टेली चलचित्र सिंहदरबार २ र दलनमा समेत निर्देशन गर्नु भएका सुब्बा एक सफल नेपाली चलचित्र निर्देशक तथा निर्माता पनि हुन।

सिंगो समाजलाई सदा सकरात्मक शन्देस दिदै बौदिक रूपमा नेपाली चलचित्र क्षेत्रमा अहोरात्र खटिरहने एउटा चिरपरिचित नाम हो “नविन सुब्बा” उही सुब्बाको अथक मिहीनेतबाट बनेको गुडबाई काठमान्डौ यो पल्ट पोर्चुगलमा बसोबास गर्दै आउनुभएका नेपालीहरूको लागी एउटा मिठो सौगातको अवसरको रूपमा जुरेको छ।

तपाईको प्रतिक्रिया