पोर्तुगलबाट सर्बोच्च शिखर सगरमाथालाई बिशेस अवसर पारि सम्झिन्दै

पोर्तुगलमा बसोबास गर्दै आइरहेका आम नेपाली जन समुदायले नेपालमा रहेको बिस्वोको सब भन्दा अग्लो शिखर सगरमाथालाई सम्झने भएका छन्। बिसेस सगरमाथा दिवसको अवसर पारेर एकै समयका साथ अन्य ठाउँमा झैँ यहा पनि सम्झने भएका छन ।पोर्तुगलको राजधानी लिस्बोनको rua dos Anjos ,63 स्थित Gainasio club को हलमा यहि आउदो जुन ९ तारिक आइतबार दिनको ३ बजे देखि नेपाल आदिबासी जनजाती महासंघ पोर्तुगल शाखाले आयोजना गर्न लागेको हो ।उक्त कार्यक्रममा नेपाली नागरिक आबद्द विभिन्न संघ -संस्थाहरुको को प्रतिनिधि सहित आम नेपाल रास्ट्रलाई मायाँ गर्नुहुने नेपालीहरुको उपस्थिति रहने आयोजक नेपाल आदिबासी जनजाति महासंघ पोर्तुगलको बर्तमान अध्यक्ष हेम गुरुङले जानकारी गराउनु भयो ।नेपाल देशको चिनारी बिस्वो सामु परिचित गराउन पोर्तुगलको महासंघले हरेक वर्ष यसरीनै कार्यक्रम गर्दै आइरहेको समेत जानकारी दिनुभयो।

यसैगरि दिबस मनाउने तयारी तिब्र गतिमा चलिरहेको आयोजक संस्थाका महासचिव सुभास पुन मगरले जानकारी दिनुभयो । पहिलोपटक सगरमाथाको सफल आरोहण भएको दिन १९५३ जुन २९ लाई सगरमाथा दिवसको रुपमा मनाउन थालिएको छ ।

तपाईको प्रतिक्रिया