मुशर्रफलाई फाँसीको सजाय तोक्ने न्यायाधीशलाई पाकिस्तान सरकारले कारबाही गर्ने तयारी

काठमाडौं। पाकिस्तानका पूर्व राष्ट्रपति तथा सैनिक शासक जनरल परवेज मुशर्रफलाई देशद्रोहको अभियोगमा फाँसीको सजाय तोक्ने विशेष अदालतको इजलासका प्रमुख न्यायाधीश वकार अहमद सेठलाई पाकिस्तान सरकारले कारवाही गर्ने भएको छ । पाकिस्तानका महान्यायाधीवक्ता अनवर मसूर खानले न्यायाधीश सेठको मानसिक सन्तुलन बिग्रिएको बताएका छन् ।

मुशर्रफको विषयमा विशेष अदालतले बिहीबार जारी गरेको फैसलामा ‘भगौडा (मुशर्रफ अहिले युएइमा छन्) लाई ल्याएर कानुन अनुसार दण्डित गर्नू र यदि यसभन्दा पहिल्यै ऊ मरेमा उसको शवलाई घिसारेर इस्लामाबाद चोकमा ल्याउनू र तीन दिनसम्म त्यहाँ झुण्ड्याएर राख्नू’ भनिएको थियो । तीन न्यायाधीशको इजलामा २ न्यायाधीश मृत्युदण्डको फैसलाको पक्षमा र १ न्यायाधीश विपक्षमा थिए ।

फैसलाको यो भाषाका कारण इजलासका मुख्य न्यायाधीशविरुद्ध विरोधका आवाज उठिरहेका छन् । पाकिस्तानी सेना र सरकार दुवै मुसर्रफको विषयमा अदालतको फैलाको विपक्षमा छन् । पाकिस्तानी मिडिया पाकिस्तान टुडेले सूत्रको हवाला दिँदै लेखेअनुसार पाकिस्तान सरकारले मुख्य न्यायाधीश सेठविरुद्ध सुप्रिम ज्यूडिशियल काउन्सिलमा रेफरेन्स दायर गर्ने फैला गरेको छ । सूत्रका अनुसार प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा मिडिया रणनीति समितिको बैठकमा यस्तो निर्णय भएको हो ।

कानुनी टिमले सरकारलाई यो फैला गैरकानुनी, शरीयत (इस्लामिक कानुन) विरुद्ध र मानवताको पनि विरुद्ध भएको बताएको थियो । कानुनी टिमका अनुसार लाशलाई चौराहामा झुण्ड्याउने कुरा कानुनको सीमाको उल्लंघन हो । प्रधानमन्त्री इमरान खानका अनुसार यो विस्तृत फैसला देशमा अराजकता उत्पन्न गर्ने षड्यन्त्र हो । फैसला गर्ने न्यायाधीशलाई सरकारले कारवाही गर्ने बताउँदै महान्यायाधीवक्ता अनवर मसूर खानले भने ‘यतो व्यक्ति जसको मानसिक सन्तुलन ठिक छैन, ऊ न्यायाधीश रहिरहन योग्य छैन ।

तपाईको प्रतिक्रिया