निकाे भईसकेको देशहरुमा फेरि किन बल्झियो कोरोना – डब्लुएचओले दियो यस्तो चेतावनी

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना महामारीको दोस्रो लहर बिश्वमा देखापर्न थालेको बताएको छ।

सुरुमा लकडाउन, सामाजिक दूरीलगायत प्रतिबन्ध लगाइएका देशहरुमा कोरोना केही नियन्त्रण हुनेबित्तिकै सावधानीमा लापरबाही गर्दै गएकाले विश्वका केहि देशमा पुनः कोरोनाको संक्रमण देखिन थालेको डब्लूएचओले बताएको हो ।

कोरोनासँगको लडाइँ नसकिएको उल्लेख गर्दै उनले यो भाइरसप्रति अति संवेदनशील नबने पुनः उल्टिएर यसले आक्रमण गर्न सक्ने डब्लूएचओका कार्यकारी निर्देशक डा माइकल रायनको चेतावनी छ।

विश्वमा कोरोना महामारीको दोस्रो लहरलाई लिएर चिन्ता बढेको छ । केही मुलुकमा संक्रमणका नयाँ मामिला आइरहको र यसलाई संक्रमणको दोस्रो लहर भएको डब्लुएनओको भनाइ छ ।

डा रायनले भाइरसमाथि केही नियन्त्रण पाएपनि फेरि यसले आफ्नो उपस्थिति देखाउन शुरु गरेकाले सचेत रहनु पर्नेमा जोड दिए ।
यता चीनमा लगातार दोस्रो दिन नयाँ संक्रमित देखिएपछि राजधानी बेइजिङमा ६ वटा होलसेल फुड मार्केट आशिंक वा पूर्ण रुपले बन्द गरिएको छ । वेइजिङ प्रशासनले प्राथमिक स्कुल खोल्न हतार नगर्न भनेको छ ।

दक्षिण कोरियाको राजधानी सोलका विभिन्न क्षेत्रमा पनि नयाँ संक्रमित भेटिएपछि थप सावधानी अपनाइएको छ ।

अमेरिकामा विभिन्न राज्यमा पनि संक्रमणको दर तीब्र बनेपछि अस्पतालका बेडहरु भरिन थालेका छन् ।

तपाईको प्रतिक्रिया