सुर्य चिन्हको लडाईमा कसको होला जित

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सुर्य चिन्ह आवश्यक परेमा पार्टीमा फर्कनुपर्ने बताएका छन् । उनले सुर्य चिन्ह आफूहरुकै भएको दाबी गर्दै चिन्ह चाहिने भए प्रचण्ड पार्टीमा फर्कनुपर्ने बताएका हुन् ।

हिजो सुर्य चिन्हमा चुनाव लड्न सहमति गरेर तोड्ने अहिले सुर्य चिन्ह नै चाहिने ? ओलीले प्रचण्डतर्फ इंकित गर्दै नेकपाको आफ्नो समूहको काठमाडौंमा भएको प्रदेश १ को कार्यकर्ता भेलामा भने, सुर्य चिन्ह चाहिने भए पार्टीमा फर्कनुहोस् । २०७४ असोज १४ गते प्रचण्ड र आफूबीच सुर्य चिन्हमा चुनाव लड्ने सहमति भएपनि उल्लंघन भएको उनको भनाई थियो । हिजो सुर्य चिन्हमा चुनाव लड्न नमान्ने र अहिले सुर्य चिन्ह नै चाहिन्छ भनेजस्तो गरेकोमा प्रचण्डतर्फ व्यङ्ग्य गरे ।
यता निर्वाचन आयोगमा दुवै खेमाको निबेदन र बार बारको उपस्थितिले सुर्य चिन्ह कसको हुने भन्ने निक्कै रोचक बनेको छ ।

तपाईको प्रतिक्रिया