जनप्रतिनिधिहरुले मिथ्या आरोप र गाली स्विकार्नु हुन्न भन्ने पहिलो उधारण बने मेयर खड्क फागो

हिजोआज उर्लाबारी -५ निवासी प्रविण बास्तोलाको २०७७ पुस ५ गते रहस्यमय निधन भएको बिषयमा चाडो भन्दा चाडो साथै निसपक्क्ष सत्य-तथ्य छानबिन होस् भन्ने आफ्नो माग राख्न मृतकको परिवार र आफन्तहरुले केहि दिन अघि ईलाका प्रहरी कार्यालय उर्लाबारीमा नाराजुलुस लगाएका थिए। उक्त समयमा उर्लाबारी नगरपालिका प्रमुख खड्क फागो पनि आफ्नो कर्तब्य सम्झी उपस्थित भई पिडीतको पिडामा आफुपनि डुबेको र सम्मानित अदालतको आदेश बमोजिम काम कारबाहीमा आफ्नो सकेसम्मको सहयोग रहने र यदी हत्या गरेको भए हत्यारा पत्ता लगाई सजाय पाउने विश्वास दिलाउदै हुनुहुन्थ्यो । तर कति उहाँको कुरै नसुनी नियोजित तरिकाले उहाँ माथि तथानाम गालि गलौज गरिरहेका थिए। यस्तो अवस्थामा निस्वार्थ रुपमा मेयर खड्क फागो समग्र उर्लाबारी बिकासको लागि रातदिन घाम पानि केहि नभनी जनताको सेवामा खटिरहेको एउटा सेवक कैयौ मिथ्या आरोप र गालि गलौज सुनिरहदा दुई शब्द प्रतिबाद गर्नुलाई नियोजित रुपमा लागेका उहाँका विरोधीहरुले सामाजिक संजालको गलत प्रयोग गरि एउटा राज्य निर्माणमा अहोरात्र पसिना बगाउदै गरेको एउटा जनप्रतिनिधि माथि जाई लाग्नुले नेपाली समाज कहाँ गइरहेको छ यो निक्कै गम्भीर बिषय बनेको छ ।

यस्तो प्रकारको घिणित कार्य उर्लाबारी नगरपालिकाको एउटा जनप्रतिनिधि माथिको मात्र प्रहार होइन यो सिंगो नेपालको जनप्रतिनिधिहरु माथिको निन्दनीय प्रहार हो। एउटा जनप्रतिनिधिले जनताहरुको सेवा गर्दा आफ्नो क्षेत्राधिकार भन्दा बाहिर गएर काम गर्न मिल्दैन र सचेत जनताहरुले पनि त्यो गर्न दिनु हुदैना तर उक्त उर्ल्लाबरिको घटनामा भने त्यस्तो देखिएन मेयरलाई सिमा भन्दा बाहिरको कार्य गर्न दबाब दिरहेको देखिन्थियो जुन सामाजिक संजालमा प्रयोग भएका भिडियोहरु हेरेर पनि केहि बुझ्न सकिन्छ।

उक्त घटना किन नियोजित र राजनैतिक छ भन्ने प्रस्ट हुन्छ भने मेयर फागो नेपाली काँग्रेसको प्रतिनिधि हुन् भने उप मेयर नेकपा एमाले (ओली समुह) कि प्रतिनिधि हुन्। यत्रो नारा र जुलुसहरुमा उपमेयरको नाम कहिँ कतै सुनिन्दैन थियो । यदी राजनीतिकरण नहुदो हो त् मेयरको नाम पछि नगरमा उपमेयरको नाम स्वत् आउछ नै तर त्यहाँ किन त्यो नाम मागकर्ताहरु ले बिर्सिए ? अप्राकृत निधन र त्यही माथी हत्याको संकामा हत्यारा खोजिरहदा नगरका उपमेयरको नाम निसाना कहिकतै नसुनिनुले यो घटनामा राजनैतिक स्वार्थ प्रयोग भैरहेको प्रस्ट देखिन्छ ।

मेयर फागो एक ईमान्दार र आफ्नो अडान प्रस्ट राख्ने स्वभावका जनप्रतिनिधि हुन् एक पैसा घुस नखाने र खान नदिने नीति अबलम्बन गरेका कारण जनता माझ लोकप्रिय छबी बनाएका फागोको यस कार्यकालमा उर्ल्लाबारिमा कैयौ बिकासका कामहरु भैरहेको छ।
बिश्वोमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस (covid -19 ) को समेत प्रभाह नगरी जनताको सेवाको क्रममा संक्रमित बनी आफ्नो ज्यानलाई जोखिममा राखेर काम गर्ने एउटा राज्यको सेवक माथी हतास मानसिकताले अपशब्द्दहरु प्रयोग हुदाँ जो कोहि ईमान्दार राष्ट्र प्रेमी निरास हुन्छ नै यस्तो कार्यले व्यक्ति होइन सिंगो मुलुकलाई घाटा गराउदछ ।
हामी आम नेपाली सचेत नागरिक नबने सम्म देशमा अपराध बढी रहन्छ त्यसैले सचेत नागरिक बनी अपराधलाई शुन्यमा बदलौ साथै उक्त घटनाको सत्य-तथ्य छानबिन भई दोसिलाई उचित दण्ड मिलोस र अपराधीहरुले पुन अपराधको हिम्मत गर्न नसकोस।

तपाईको प्रतिक्रिया