प्रेम निङ्लेखुको अध्यक्षतामा किरात याक्थुङ्ग चुम्लुङ्ग पोर्तुगलको पाचौ कार्य समिति चयन

हिजोआज

पोर्तुगलमा लिम्बू जातिको जनसंख्या बृद्दि संगै हाम्रो सामाजीक संस्थाको आबस्यकत्ता महसुस गरि गणेश लिम्बूको अध्यक्षतामा किरात यक्थुङ्ग चुम्लुङ्ग पोर्तुगलको स्थापना सन् २०१४ अगस्ट २६ मा गठन गरि आज सम्म केन्द्र बिक्रम लिम्बू ,रिपु जंग निङ्लेखु,दिपा लिम्बूले यस संस्थाको अध्यक्षता गरि सकेको छ।
वर्तमान कार्य समितिको कार्य अवधि सन् २०२० जुन महिनामै सकिए पनि Covid -19 को कारणले गर्दा बिगत एक वर्ष देखि संस्था पनि प्राय निस्क्रिय भएको हुदा अब आउदो दिनमा संस्थालाई कसरि अगाडी बढाउदै लैजाने भन्ने बृहत छलफल भई नयाँ कार्य समिति गठनको निर्णयमा पुगि आज मिति २०२१ अप्रिल १२ तारिक सोमबार दिनको ठिक ३ बजे देखि अनलाईन मार्फत बसेको छलफलको निस्कर्षमा औपचारिक रुपमा प्रेम चन्द्र निङ्लेखुको अध्यक्षतामा नयाँ कार्य समिति घोषणा सबैको समर्थनमा सुनाईएको थियो।
सन् २०१७ को डाटा अनुसार पोर्तुगलमा लिम्बूहरुको जम्मा जनसंख्या लगभग ३४५ जना रहेको तर आउने जाने क्रम चलिरहेको हुनाले निश्चित संख्यामा फेरबदल भैरहेको देखिन्छ। स्थाई रुपमा पोर्तुगल छोडेर अन्य मुलुक जाने लिम्बूहरुको संख्या किरात याक्थुङ्ग चुम्लुङ्ग पोर्तुगलको जनसंख्याको विवरण भित्र नपर्ने भएको हुदा उहाँहरुलाई नयाँ कार्यसमितिमा राख्न नसकिने तर उहाँहरुको बिगतको योगदानको कदर भने गरिरहने निर्णय संगै आज बनेको नयाँ १७ सदस्सिय कार्यसमितिमा अध्यक्ष – प्रेम निङ्लेखु ,उपाध्यक्ष – खगेन्द्र लिम्बू ,उपाध्यक्ष महिला – कार्यसमितिले मनोनित गर्ने ,महासचिब – राजकुमार लिम्बू , सचिब- वियोग लिम्बू , कोषाध्यक्ष – बाबुराम तुम्बापो, सदस्य – सरण लिम्बू , सदस्य – बिकाश लिम्बू , सदस्य – अमर लिम्बू – सदस्य – माया लिम्बू , सदस्य- राज लिम्बू , सदस्य – सगर लिम्बू गरि ६ जना बाँकि सदस्यहरुलाई निकट भबिस्यमा लैंगिक समाबेशिता, भौगोलिक समाबेशिता,र लिम्बू समुदायलाई कुनै न कुनै रुपमा योगदान दिएका व्याक्तिहरुको प्रतिनिधित्व रहने गरि मनोनित गरिने निर्णय भएको छ।

आजको यस कार्यक्रममा पोर्तुगलमा परिचित सामाजिक अभियान्ता तथा सफल व्याबसायी रोबोट लिम्बू ,मदन लिम्बू ,किश्वोर लिम्बू ,र रिपु जंग लिम्बूको उपस्थिति समेत रहेको थियो भने निबर्तमान महासचिब रुकमान केरुङ्गले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया