स्पष्टीकरण आखिर कहिले सम्म दिइरहने

हिजोआज

नेकपा (एमाले) का नेता माधव कुमार नेपाल पक्षधर सांसदहरुको बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहित २७ जना सांसदहरुलाई स्पष्टीकरण सोधेपछि नेपाल समूहका सांसदहरु आज पुन आकस्मिक बैठकमा जुटेका थिए । बानेश्वरस्थित् अर्याल होटेलमा बसेको बैठकले ओलीले सोधेको स्पष्टीकरणको जवाफ समयसिमाभित्रै दिने र पार्टीभित्रै बसेर प्रतिवाद गर्ने निर्णय गरेको छ ।

बैठकपछि बाहिरिने क्रममा पत्रकारहरुसँगको कुराकानीमा सांसद रामकुमारी झाँक्रीले आफूहरुले स्पष्टीकरणको जवाफ दिने जानकारी दिईन् । उनले सबै सांसदहरुलाई व्यक्तिगत रुपमा नै चिठ्ठी काटेर स्पष्टीकरण सोधिएकोले व्यक्तिगत रुपमा नै त्यसको जवाफ दिनेपनि बताईन् । उनले भनिन्,‘‘हामी एकताका पक्षमा छौं। पार्टीभित्रै एमाले नै भएर अस्तित्वका लागि लडाइँ गर्छौं, केपी ओली पार्टी विधानविरूद्ध लाग्नुभयो। त्यसको विरोध गर्दा हामीलाई स्पष्टीकरण सोध्नेरु हामी कानूनीरूपमा प्रतिवाद गर्छौं। तर कालान्तरमा ईतिहासले पाठ सिकाउने बताईन।

तपाईको प्रतिक्रिया