तेश्रोलिङ्गी बिनिताको तीज उपहार

बिनिता शाही नाम नै काफि छ । रंगमञ्चको दुनियामा चर्चित नृत्याङ्गना शाही पहिलो पटक तिज गित मा नाचिन् । स्टेज कार्यक्रममा सबै भन्दा अब्बल रहदै आएकी बिनितिालाई यो पटक चर्चित उदघोषीका शितल शर्माले आˆनो तिजको उपहार नमुना जोडीमा नचाउन सफल भइन् । बिनिता पनि शितलको गितमा जमेरै नाचेकि छन् । सबदेश सगै बिदेशमा पनि राम्रो डान्सर भनेर कहलिएकी शाही तेश्रोलिङ्गी हुन ।

आफु तेस्रो लिङ्गी भएकोमा गर्व गर्ने बिनितलो तिजमा आफू जम्ने दावी गरेकी छिन । तेस्रो लिङ्गी बिनिताले बिगत केहि बर्ष देखि स्वदेश र बिदेश स्टेजमा जम्दै आएकी छन् । अहिले सम्म बिनिता कुनै म्युजिक भिडियो खेलिनन् तर पहिलो पटक शितल शर्मा नमुना जोडी मार्फत नै आफुलाई सार्वजनिक गरिन ।पहिलो पटक म्युजिक भिडियो खेल्न पाएकोमा दङ्ग बिनिताले शितल शर्मा नमुना जोडीलाई नमुना म्युजिक भिडियो बनेको बताइन ।

यो पटक स्टेज जम्ने गित तिजमा गित शिलत शर्माले बजारमा ल्याएको दावी गर्दै सबैलाई शितलको गितसगै तिज मनाउन आग्रह गरेकी छन् । बुटवलकै कलाकार राज केसी , मिनुज राना मगर, शितल शर्मा र बिनिता शाहीले अभिनय गरेको भिडियोमा मीनूज ले नै नृत्य निर्देशक को भूमिका निभाएका छन र सगुन शर्माको श्रृगार रहेको छ ।

बुटवलको चर्चित अम्रपालि ब्याङ्गकेट मा छायांकन भएको भिडियो ले दर्शकको मन जित्ने निर्माण पक्ष्य बताउछ राजेन भण्डारीको शब्द, पुरुसोतम गैरेको लय रहेको गीतमा शितल शर्मा र पुरुसोत्तम गैरेको स्वर रहेको छ ।

तपाईको प्रतिक्रिया