किरण लिम्बू वर्ष खेलाडी घोसित

नेपाली राष्ट्रिय टोलीका गोलकिपर किरणकुमार लिम्बु यो बर्षको उत्कृस्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले स्थापना गरेको पल्सर स्पोर्टस् अवार्डमा उनलाई वर्ष खेलाडी अवार्ड दिइएको हो ।
उनी समावेश भएको राष्ट्रिय टोलीले एएफसी सोलिड्यारिटी कम जितेको थियो । उनले सेमीफाइनलमा लाओससँग तीन पेनाल्टी रोकेका थिए । उनले एएफसी एसियन कप छनोटमा फिलिपिन्ससँग पनि एक पेनाल्टी बचाउ गरेका थिए ।
उनी हाल माल्दिभ्सको प्रिमियर लिग क्लब टीसी स्पोर्ट्बाट खेल्दै आएका छन् ।

बंगलादेशमा भएको शेख कमल अन्तर्राष्ट्रिय क्लब कपमा टीसी स्पोर्ट्सलाई च्याम्पियन बनाउन किरण लिम्बुले महत्वपूर्ण योगदान दिएका थिए यो सबै मुल्यांकनको कदर स्वरूप लिम्बुलाई सम्मानित गरिएको छ।लिम्बु हाल माल्दिभ्समा रहेको हुनाले अवार्ड भने उनकी आमाले लिएकी थिइन् ।

 

तपाईको प्रतिक्रिया