सांसदहरुको कार्यकाल सकिएपछि सरकारी अस्पतालमा निशुल्क उपचार सेवा वाहेक अन्य कुनै सेवा सुविधा नपाउने।

सांसदहरुले कार्यकाल सकिएपछि कुनै सेवा सुविधा नपाउने भएका छन् । तर सांसदहरुले सरकारी अस्पतालमा निशुल्क उपचार सेवा भने पाउने छन् ।

पूर्वसांसदलाई सेवा सुविधा दिँदा राज्यकोषको बजेट मात्रै सकिने भन्दै धेरै तिरबाट विरोध भएपछि राज्य व्यवस्था समिति अन्तर्गतको उपसमितिले पूर्वसांसदलाई दिइने सेवा सुविधा कटाएर विधेयक तयार गरेको हो ।

उपसमितिको आइतबारको बैठकले पारित गरेको विधेयकको मस्यौदमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का अध्यक्ष, पूर्वप्रधानन्यायाधीश, संविधानसभाका पूर्वअध्यक्ष, पूर्वसभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्षले घर भाडा तथा सुविधाको गाडी पाउने छन् । विधेयकले पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र अरुलाई मासिक ७५ हजार रुपैयाँ घर भाडाबापत भत्ता उपलब्ध गराउने व्यवस्था गरेको छ ।

तपाईको प्रतिक्रिया