हिड्दा हिड्दै थाकिन्छ कहिले ।

प्राचिन समयदेखि नेपालको पुर्बी भागमा बसोबास गर्दै आइरहेको लिम्बू जाति आजको २१ औ सताब्दिमा बिस्वोको विभिन्न देशहरुमा स्थाई वा अस्थाई रुपमा बसोबास गर्दै आइरहेको छ । हामी जहा रहेपनि हाम्रो अस्थित्व त्यहाँ अडिएको हुन्छ जहा हाम्रो मौलिक रितिरिवाज ,भाषा,धर्म र संस्कृतिको उल्लासमा हर्सित भएका हुन्छौ ।
युरोप माहादेश्को एउटा सानो राष्ट्र पोर्तुगलमा बिगत लामो समय देखि हामी लिम्बू जाति बसोबास गर्दै आइरहेको हुनाले यहाँ पनि हामीले हाम्रो सिंगो संस्कृतिलाई हुबहु बचाईराखन लिम्बुजातिको सामाजिक संस्था “किरात याक्थुङ्ग चुम्लुङ्ग पोर्तुगल ” को स्थापना गरेका छौ। यस संस्थालाई स्थापना गर्न अहम भूमिका निर्वाह गर्नुहुने साथै लिम्बू समुदायलाई अत्यान्तै माया गर्नुहुने किरात याक्थुंग चुम्लुङ्ग पोर्तुगलको सचिब श्री श्याम बखिम (लिम्बू) ज्यु केहिदिन देखि बिरामी भइ डाक्टरको  सल्लाह अनुसार घरमै आराम गरिरहनु भएको हुदा “किरात याक्थुंग चुम्लुङ्ग पोर्तुगल” उहाको शिग्रस्वास्थ्य लाभको कामना गर्दछौ ।

तपाईको प्रतिक्रिया