जनताको काम सहज रुपमा गर्न प्रमुख फागोको निर्देशन

उर्लाबारीःउर्लाबारी नगरपालिका वडा नं। २ को कार्यालय सोमबारदेखि सुरू भएको छ । नगर प्रमुख खड्ग फागोले कटहरेमा आयोजित एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गरेका हुन् । कार्यालयमा वडा सचिवको भूमिकामा सोनाम तामाङले कार्य सम्पादन गर्नेछन् । कार्यालयको सहयोगीमा सन्तोष श्रेष्ठ रहने वडाध्यक्ष राजन कडेँलले जानकारी दिएका छन् । उद्घाटन अवसरमा नगर प्रमुख फागोले स्थानीय सरकारको अनुभूति गराउन निर्देशन दिएका छन् । उनले उर्लाबारी नगरपालिको बजेट समेत आइसकेकाले स्थानीय स्तरमा उपभोक्ता समिति बनाएर छिटै नै विकास निर्माणको काममा लाग्नुपर्नेमा जोड दिएका छन् । वडा नं. २ प्राकृतिक सम्पदाले धनी वडा भएको बताउँदै उनले सीमसारलगायतलाई पर्यटकीय क्षेत्रको रूपमा विकास गर्नका लागिका व्यवस्थापनमा जोड दिएका छन् । यस्तै कार्यक्रममा वडाध्यक्ष कडेलले वडामा तोकिएको ३७ वटा काम छिटो छरितो र प्रभावकारी रूपमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया