के तातोपानी–खासा नाका सधैँका लागि बन्द हुन्छ अब ।

चिन लगभग नेपालसँगको प्रमुख व्यापारिक स्थल तातोपानी–खासा नाका सधैका लागि बन्द गर्ने मनस्थितिमा रहेको बुझिएको छ। नेपालसमक्ष औपचारिक रुपमा प्रस्ताब समेत राखेको हुनाले यो प्रस्ट हुन्छ कि चिनले यो नाका बन्द गर्न चाहान्छ । नेपालले प्रयोग गर्दै आएको खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने चिनियाँ प्रस्तावपछि बुधबार थप सडक खुलाउनेबारे दुई देशबीच हुन लागेको प्रोटोकल सम्झौता रद्द भएको छ । सुरक्षाको कारण भन्दै चिनियाँ उच्चस्तरीय वार्ताटोलीले खासा–ओलाङचुङगोला सडक नाका बन्द गर्ने अडान राखेको नेपाली वार्ताटोलीका एक सदस्यले बताए ।
चिनिया टोलीले यस्तो अडान राख्नुको मुख्य उदेस्य भूकम्पपछि बन्द रहेको खासा नाका असुरक्षित हुनुनै बुझिएको छ । चिन नेपाल बीचको नाका जोड्ने बाटो तथा थप सडक खुलाउनेबारे सम्भावना तत्कालका लागि सकिएको छ ।चीनले आवश्यक ठानेमा र वार्तामा बोलाएमा नेपाल सहभागी हुने र आफ्ना कुरा पुन: राख्नेछ ।

तपाईको प्रतिक्रिया