किरात याक्थुङ चुम्लुङ पोर्तुगलले बलिहाङ तङनाम भव्यताका साथ् मनाउने

सदा झैँ “किरात याक्थुङ चुम्लुङ” पोर्तुगलले लिम्बू जातिको मौलिक पर्ब बलिहाङ तङनाम भव्यताका साथ् मनाउने भएको छ । उक्त्त कार्यक्रमका संयोजक द्दोय, श्रीमती दिपा लिम्बू र श्री रुकमान केरुङ्गले आफ्नो मौलिकतामा नै अनेकता लुकेकोहुन्छ तसर्थ आफ्नो पहिचान भन्दा ठुलो मानिसको लागि अरु केहि हुन सक्दैना जस्तो समय र परिस्थितिमा पनि आफ्नो संस्कारलाई माया गर्नु त्यो निकै गर्वको कुरा हुन्छ भन्दै सम्पूर्ण पोर्तुगल बासी लिम्बू तथा गैर लिम्बू जनसमुदाय माझ यहि आउदो १६/१०/२०१७ सोमबारको दिन ठिक १ बजे देखि मनोसान्त पार्क मा भेला भई लिम्बू संस्कृति अनुसार लारिङ्गेक ,नाम्लिङ्गेक खेल्दै एकआपसमा सुभकामना आदानप्रदान गरिने जानकारी गराउनु भयो ।स्मरण रहोस ” किरात याक्थुङ चुम्लुङ” पोर्तुगलले सक्रियताका साथ लिम्बू जातिको भाषा,धर्म ,संकृतिको जगेर्ना हरेक तवरले गर्दै आइरहेको छ ।

तपाईको प्रतिक्रिया