काठमाडौं।
नन्दबहादुर पुन उपराष्ट्रपति पदमा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन् । आज उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकोमा पुनको मात्र उम्मेदवारी परेको हो ।
यद्यपि दावी विरोध गर्ने कार्यक्रम बाँकी नै रहेकोले उनी निर्वाचित भएको भने भोलि मात्र घोषणा हुनेछ । राष्ट्रपति पदमा प्रतिस्पर्धी उठाएको कांग्रेसले उपराष्ट्रपति पदमा भने कसैलाई उम्मेदवार बनाएन ।