किरात याक्थुंग चुम्लुङ्ग पोर्तुगल तेस्रो अधिबेसन तथा सिसेक्पा तङ्नाम ( साउने संक्रान्ति ) को संघारमा |

आदिम काल देखि नेपालको पुर्बी भू-भाग मा बसोबास गदै आइरहेको आदिबासी लिम्बु जाति सस्कृतिक रुपमा सम्पन्न मानिन्छ । आफ्नै भाषा ,धर्म , लीपी ( श्रीजंगा) र मौलिक परम्परा रहेको यो जाति आफुलाई प्रकृति पुजक मान्दछ । परिबर्तित समयको गतिसंगै यो जातिहरु पनि संसारको बिभिन मुलुकहरुमा स्थाई ,अस्थाई रुपमा बसोबास गर्दै आइरहैको पाईन्छ।सन् १९९५ बाट यूरोपको पोर्तुगलमा नेपाली हरुको उपस्थिति संगै यहाँ पनि लिम्बुहरु रहदै आएको पाइछ भने संस्थागत रुपमा यो जातिले सन २०१४ बाट श्री केन्द्र लिम्बुको अध्यक्षतामा किरात याक्थुंग चुम्लुङ्ग पोर्तुगलको गठन लिस्बोन पोर्तुगलमा गरि आफ्नो विधिवत सुरुवात गरेको थियो । भाषा ,धर्म , सकृति र परम्पराको निरन्तरता तथा लिम्बु समुदाय बीचको आपसी भाइचारा कायम गर्ने मूल उदेश्य को साथ् गाठीत चुम्लुङ्गको संस्थापक संरक्षक श्री अर्जुन कुमार लिम्बु रहनुभएको थियो । हाल यस सस्था को अध्यक्षताको जिमेवारी श्री रिपु जंग लिम्बुले गरिरहनु भएको छ ।
यस जातिको मुख्य चाडहरूमा ‘कःक्फेक्वा तङ्नाम’ (माघे सक्रान्ति), यक्वा तङ्नाम (वैशाख पूर्णिमा) ‘सिसेक्पा तङ्नाम(साउने सक्रान्ति), ‘चासोक तङ्नाम’ (मङ्सिरे पूर्णिमा) आदि पर्दछन। त्यसैगरी माङ्गेना, ताप्फेङजस्ता पारिवारिक अनुष्ठानहरू पनि लिम्बू मौलिक चाडभित्र पर्छन्। चुम्लुङ्गले आफ्नो स्थापन कालदेखि मनाउदै आइरहेको ‘सिसेक्पा तङ्नाम (साउने सक्रान्ति) यस बर्ष पनि पहेलाजस्ताई गरि बिभिन लिम्बु खानको परिकारको साथमा सकृतिक कार्यक्रम गरि भव्यताको साथ-Rua da madalena no,199,1dto, 1100-319् लिस्बोन पोर्तुगलमा (आइतबार ) २९ जुलाई २०१८ मा मनाउने जानकारी पोर्तुगल चुम्लुङ्गका सचिब श्री दीपा लिम्बुले बताउनु भयो । वर्तमान कार्यसमितिको २ दुइबर्से कार्यकाल सम्पन हुनलागेकोले यसै दिन तेश्रो अधिबेसन पनि सम्पन गर्न किरात याक्थुंग चुम्लुङ्ग पोर्तुगल भब्य तयारीमा लागेको छ। लिस्बोन पोर्तुगलमा थोरै संख्यामा रहेको लिम्बु समुदाय  संस्थागत रुपमा निकै बलियो मानिन्छ । अध्यक्ष श्री रिपु जंगको अनुसार नेपाल आदिबासी जनजाती महासंघ पोर्तुगलका मात्री सस्था किरात यक्थुङ्ग चुम्लुङ्गले आफ्नो दुइबर्सको गतिबिधि तथा नया कार्यसमितिको चयन सर्बसमत रुपमा हुने र यसले आउदै गरेको नेपाल आदिबासी जनजाती महासंघ पोर्तुगलको अधिबेसनमा समेत लिम्बु समुदायको तर्फबाट प्रभावकारी भूमिका निर्बाह गर्ने बताउनु भयो । अध्यक्षको भनाइले यस पटकको नेफिन पोर्तुगलको नेतृत्वमा लिम्बु समुदायको दाबी रहने प्रस्ट संकेत गर्दछ । साथै पोर्तुगलमा रहेको सम्पूर्ण नेपाली समुदाय तथा संघ सस्थाहरुलाई उपस्थित भई नया कार्यसमितिलाई शुभकामना तथा ‘सिसेक्पा तङ्नाम (साउने सक्रान्ति) लाई भब्य रुपमा सम्पन्न गर्न किरात यक्थुङ्ग चुम्लुङ्ग पोर्तुगलले आह्वान गरेको छ ।

तपाईको प्रतिक्रिया