अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको प्रथम अधिबेसन सम्पन्न

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलको प्रथम अधिबेसनबाट पोर्तुगलमा आम नेपालीहरु माझ लोकप्रिय समाजसेवी श्री धनराज सेर्पा अध्यक्षमा निर्बाचित भएका छन। त्यस्तै गरि सो अधिबेसनबाट उपाध्यक्षमा भारत ढकाल , बिमल पन्थी महासचिबमा ईस्वर पाण्डे ,सचिबमा सुशील आचार्य तथा कोषाध्यक्षमा बिष्णु प्रसाद खतिवडा र सह कोषाध्यक्षमा जिग्मे लामा निर्बाचित भएका छन् ।
पोर्तुगलमा नेपालीको लागि पर्यटन दुत श्री रमेश कुमार गुरुङको प्रमुख आथित्यमा २५ सदस्सीय नयाँ कार्यसमिति चयन भएको छ।उक्त कार्यक्रममा एनआरएन आइसिसि सदस्य नरेन्द्र हमाल ,नयाँ सक्तिका आर्थिक बिभाग सदस्य राजन ढुंगाना,एनआरएन पोर्तुगलका अध्यक्ष कुबेर कार्की, जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरे,नारिसमाज पोर्तुगलको अध्यक्ष सिता बराल ,प्रबासी नेपाली मंच पोर्तुगलका अध्यक्ष गोबिन्द पौडेल,संघिय समाज पोर्तुगलका अध्यक्ष सोम सेर्पा ,नेपाल आदिबासी जनजाति महासंग पोर्तुगलका कार्यबाहक अध्यक्ष राजेन्द्र सेर्पा, नेपाल आदिबासी जनजाति महासंग पोर्तुगलका महासचिब मदन लिम्बू लगायत पोर्तुगलमा स्थापना भएका विभिन्न संघ-संस्था का प्रतिनिधिहरुको बाक्लो उपस्थितिमा उक्त कार्यक्रम सफलता पुर्बक सम्पन्न भएको थियो।

तपाईको प्रतिक्रिया