राज्यको सबै सिमाहरू तोडेको नराम्रोबाद आखिर कहिले सम्म

रिपु जंग लिम्बू-

सिंगो नेपाल अधिराराज्य निर्माणको एतिहासीक श्रीड०खला लामो र रोचक दस्ताबेज बनेर मानव मष्तिस्कमा कहिल्यै नभूलिने शक्तिमानझै अटल छदैछ भने,सिंगो राष्ट्र निर्माणको सवालमा लामो त्याग र बलिदानीको ईतिहास बोकेका हामी नेपाली आ-आफ्नो एतिहासिक कला र संस्कृतीबाट नेपाली समाजमा आफ्नो पनमा रमिरहेका छौ राज्यको भौगोलीक सवालमा कालान्तर सम्म पूर्व मेची देखी पश्चिम महाकाली अनि मधेश,पहाड हुदै हिमाल सम्म अखन्ड नेपाली भएर बाच्न पाउ यो आम नेपालीको रस मग्न ईच्छा पनि हो।
आज पर्किएर होईन ठिड०ग् आफैलाई उभिएर हेर्दा लाग्छ बिश्वको बिकसित राष्ट्रहरू भन्दा भिन्न किसीमको न त बिकाशमा सक्क्षमता प्रस्तुत गर्न सक्यौ न सरासर ती सक्षम राष्ट्रहरू कै बिकासको मूल सुत्रधारमा पस्न सक्यौ।आखिर कहा चुक्यो नेपाल र अलमल्लमा छौ हामी नेपाली।यो स्तम्भकारको अर्को बिषय बनि आउने नै छ।

प्रकृतीले गहना स्वरूप दिएको अमुर्त आसको शक्ति,बाच्ने साधनको बलियो रूपमा आम नेपालीले ग्रहण गरिरहेका हुन्छौ।र त नेपाली समाजमा व्यक्तिको भविश्य हुदै सिंगो राष्ट्रको भविश्य सम्म आसै आसको पर्खाल बनिरहेको छ।
आसको अन्तिम भरोसा प्राकृतिक मृत्युलाई जिम्मा लगाई सान्त्वना कमाई रहेका हामी नेपालीहरूको मन लुकाउने ठूलो भकारी नै कहिले काही अमानबीय,क्रुरले भरिदिन्दा झन्डै-झन्डै आसको अवशान हुनखोज्छ। तर आम नेपालीको भविश्य डोर्याउने ईच्छा शक्तिको छ्य नहोस सबै नेपालीहरूको एउटै स्वर हो खबरदार।

एउटा नागरिकको हैसियत राज्यसँग जोडिएको हुदाँ राज्यको एउटा सानो नितिले करोडौ जनतामाझ प्रत्यक्ष असर पर्ने गर्दछ।तर यदाँ कदाँ निती नै हराउन खोज्दा पो कैयौ समस्याहरू माझ मिती पुर्याईएका ति निर्दोसी महिला तथा नाबालिकाहरू के यसरीनै बलातकृत भएर मृत्युलाई पनि ईज्वतले ढाक्न नसकी यो दुनियाबाट बिदा हुनु पर्ने र त प्रश्न बन्छ नेपाली समाज कुन बाटो हिडीरहेको छ।
किन नेपाली समाजमा महिला माथी यति ठूलो अमानबीय क्रूर कार्य भईरहेको छ। जो फटाहले अमानबीय कार्य गर्छ कारबाहिको भागेदारी पनि उ नै बन्नु पर्छ भन्ने कानुनि शब्दले केहि हद चित्त बुझे पनि यो नै समस्याको साबधान भने होईन।आखिर कहाँ चुक्यौ नेपाली समाजमा महिलाहरू प्रति हेर्रिने स-सम्मानको दृष्टिकोण र गर्रिनु पर्ने ब्यबहारहरू।गहिरो बहस गरौ यो समाजको गहन बिषय सम्झिएर।सदाको लागी समस्याको समाधान बनोस ता कि पुन यस्तो घट्ना नेपाली समाजा कहिल्यै नदोहोरिने गरेर।

नेपालमा नराम्रो पक्षको अछुतो रहित कुन क्षेत्र चाई चोखो होला र,एउटा निर्दोस चेलीको सामुहिक बलत्कार पछि हत्या गर्नेको बचाउ गर्न बसेको यहि समाज,राज्यको अरबौ सम्पति लुट्दै बसेको यहि समाज,गुन्डाकै जीवनीमा फिलिम बनाउन योग्य फटाहाहरू बसेको यहि समाज,चोरि,ठगि,अनेक बाहनामा फिरौती माग्न पल्किएको बस्ने यहि समाज,ब्यापारको नाममा कालो बजारी गर्दै बसेको यहि समाज,स्वास्थ्य शिक्षामा कमिशनले मात्तिएको बस्ने यहि समाज,ठेक्का पट्टालाई चिठ्ठाको बट्टा सम्झिने बसेको यहि समाज, स्वतन्त्र पत्रकारितालाई समेत चरम दुरूपयोग गरि बटुको थाप्न बसेको यहि समाज, बैदेशीक सहयोग लाई नाम मात्र बनाउन बसेको यहि समाज,घुसै घुसले दिमाग भुस भएको बस्ने यहि समाज,हुदाँ-हुदाँ सामाजीक सेवालाई समेत कमाउने पेवा बनाउदै आएको बस्ने यहि समाज, आखिर यहाँ नराम्रो कुरै लुकेको के नै पो छ र,सबै उदाड०गो र छरपस्टिएको बेतिथीको केही बुदाहरू मात्र राखेको हु।
के नेपालमा राम्रो हारेर नराम्रोले जितेकै हो त यदि हो भने पक्का बुझौ नराम्रो आम नेपालीको ओरालो लाग्ने निरन्तर भबिश्यको मार्ग बनिरहन्छ।तर नेपालको हरेक तह र तप्कामा केही राम्रो बिचार भएका ब्यक्तिहरू पनि अबस्य छन उनीहरूलाई चटकेको चट्क हेर्न बाध्य पारिएको छ।चट्केको कट्टु फुस्किदा सम्म अर्को झन रोमान्चक दृश्य बाँकि छ भन्न तम्सिने त्यस्ता धुपौरेहरूको भबिश्य पनि त्यहि नजर भन्दा माथि कहिल्यै जाने कुरै भएन।तर यस्ताको बाहुल्यता मै मसाज र राष्ट्र चल्न खोज्दा पो फेरि भन्न मन लाग्छ के नेपाल राम्रो हारेकै देश हो? केहि राम्रोलाई साथ दिई हाम्रो बनाउन जति ढिला गर्छौ हामी र हाम्रो सिंगो राष्ट्र त्यति नै पछि परिरहन्छ।सानो मानब शक्तिलाई ईश्वरिय शक्तिमा रूपान्तरण गरि बरदानिय बिकासको शिखर चुमौ जय-जय हामी जय नेपाल बनेरै छोड्ने छ।

तपाईको प्रतिक्रिया